चुनाव प्रचार गर्दा घण्टी नबजाउन तोसिमा कार्कीलाई आयोगको निर्देशन



२३ कात्तिक २०७९,काठमाडौं । निर्वाचन आयोगले ललितपुर–३ बाट प्रतिनिधिसभा उम्मेदवार बनेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्कीलाई घण्टी नबझाउन निर्देशन दिएको छ । चुनाव प्रचारप्रसारका क्रममा घण्टी चुनाव चिह्न पाएकी तोसिमाका कार्यकर्ता र समर्थकले घण्टी बझाएर हिँडेकाले आयोगले सो निर्देशन दिएको हो । घण्टी बजाएर हिँड्दा अरुलाई असर गरेको भन्दै आयोगले उनलाई घण्टी नबझाइ प्रचारप्रसार गर्न निर्देशन दिएको हो ।

आयोग कार्यालयमा मंगलबार बसेको सर्वदलीय बैठकका केही दलका प्रतिनिधिहरुले उम्मेदवारहरुले घण्टी बजाउँदै चुनाव प्रचारप्रसार गरेको भन्दै ध्यानाकर्षण गराएका थिए ।

उक्त आचारसंहिता २०७९ को परिच्छेद ४, १३ को खण्ड (घ) मा ‘जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झण्डा अंकित लोगो, कपडा, टोपी, टि–सर्ट, मास्क वा लकेट वा झोला बोक्न नहुने’ उल्लेख छ।

यसै अनुसार निर्वाचन आचारसंहिता अनुगमन समितिले कार्कीलाई चुनाव चिह्न घन्टी बजाउँदै चुनावी प्रचारमा नहिँड्न भनेको हो।

प्रकाशित मिति : कार्तिक २३, २०७९ बुधबार  ३ : ०७ बजे