रौतहट क्षेत्र १ मा निर्वाचनको माहोल तात्दै, माधव नेपालको पक्षमा अंकगणित



प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिएसँगै रौतहट क्षेत्र नं १को माहोल तातेको छ ।

सत्ता गठबन्धनका नेता एवं नेकपा ९एकीकृत समाजवादीका० अध्यक्ष माधवकुमार नेपाल सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा पदमा उम्मेदवार छन् । सो क्षेत्रमा नेकपा ९एमाले०का उम्मेदवार अजयकुमार गुप्ताले प्रतिस्पर्धा गर्दै छन् । २०७० सालको संविधान सभाको निर्वाचनमा नेपालले चुनाव जितेका थिए ।

रौतहटको क्षेत्र नं १ मा गौर, राजदेवी र माधवनारायण नगरपालिका सहित दुर्गा भगवती, यमुनामाई गाउँपालिका र गढिमाई नगरपालिकाका ६, ७ र ८ नम्बर वडा र गरुडा नगरपालिकाको १ नम्बर वडा पर्दछ ।

नेकपा ९एस० का वडाध्यक्षमा निर्वाचित र पराजित उमेदवारहरुले कूल १९ हजार ६ सय ९८ मत पाएका थिए । नेपाली कांग्रेसले कूल १६ हजार नौ सय ४४ मत पाएको छ । यहाँ लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० ले १२ हजार दुई सय ६२ मत पाएको छ । नेकपा ९माओवादी केन्द्र०ले आठ हजार एक सय ९१, एमाले सात हजार तीन सय ८५, जसपाले आठ हजार दुई सय ४१ र स्वतन्त्रसहित अन्य दलले तीन हजार एक सय ४३ मत प्राप्त गरेका थिए ।

स्थानीय युवा नेता अमित ठाकुरले यस क्षेत्रमा चुनवी चहलपहल बढेको र उम्मेदवारहरु मतदातालाई आफ्नो पक्षमा आकर्षित गर्न तल्लीन रहेको बताउछन् । स्थानिय तहको चुनावमा व्यक्ति र नजिकैका पायकपर्ने व्यक्तिलाई दिने मत हो भने प्रतिनिधिसभाको निर्वाचनलाई समग्रमा हेरेर जनताले मतदिने उनको भनाइ छ ।

प्रकाशित मिति : कार्तिक २३, २०७९ बुधबार  ३ : ४३ बजे