मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री मोदी इन्डोनेसिया भ्रमणमा जाने



२७ कात्तिक २०७९, बाली (इन्डोनेसिया). भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नोभेम्बर १४ मा बालीमा हुने १६औं शिखर सम्मेलनमा भाग लिने भएका छन्। भारतले सन् २०२२ डिसेम्बर १ बाट यस समूहको अध्यक्षता ग्रहण गर्दैछ।

‘प्रधानमन्त्रीको भ्रमण छोटो छ तर बालीमा हुने जी-२० शिखर सम्मेलनमा यहाँको भ्रमण निकै महत्वपूर्ण छ,’ इन्डोनेसियाका लागि भारतीय राजदूत मनोजकुमार भारतीले एएनआईलाई बताएका छन्।

‘प्रधानमन्त्री नरेन्द्र मोदी १६औ जी-२० शिखर सम्मेलनमा भाग लिनु हुने छ र यहाँ उनले औपचारिक रूपमा २०२३ को लागि भारतको २०२३ अध्यक्षता लिनुहने छ’ भारतीले एएनआईलाई बताएका छन्।

‘प्रधानमन्त्री मोदीको जी२० मा आउनु महत्त्वपूर्ण छ किनभने भारतले इन्डोनेसियाबाट जी-२० को अध्यक्षता लिन लागेको छ।

भारतले इन्डोनेसियालाई निरन्तर सहयोग प्रदान गरेको छ र इन्डोनेसिया सरकारले पनि भारतको सहयोगलाई मान्यता दिन्छु, भारतीय राजदूत भारतीले भनेका छन्।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  २ : ५५ बजे