मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दोस्रो विश्वयुद्धकालीन दुई विमान अमेरिकी आकाशमा ठोक्किए



अमेरिकाको टेक्सस राज्यमा हवाई प्रदर्शनीका क्रममा दोस्रो विश्वयुद्धको समयमा बनेका पुराना दुई वटा विमानहरू एक आपसमा ठोक्किएर झरेका छन्।

दुई वटै विमानहरू निकै कम उचाइमा उडिरहेका र एक अर्कालाई ठक्कर दिएको भिडिओहरूमा देख्न सकिन्छ।

विमानहरू जुध्दा एउटा विमान दुई टुक्रा भएको र भुईँमा झर्ने बित्तिकै आगोको मुस्लो उठेको देखिन्छ।

दुवै विमानहरू डलास नजिकै हवाई प्रदर्शनीमा भाग लिइरहेका थिए। दुर्घटनामा कति मानिसहरू परे भन्ने खुल्न सकेको छैन तर दुई जना मृतकको भने नाम सार्वजनिक भएको छ।

अमेरिकी एअरलाइन्सहरूका पाइलटको संस्था द एलाइड पाइलट्स असोसिएसनले टेरी बेकर र लेन रुट नाम गरेका आफ्ना पूर्व सदस्यहरूले दुर्घटनामा ज्यान गुमाएको जनाएको छ।

अमेरिकाको सङ्घीय उड्डयन प्रशासनले शनिवार भएको घटनाबारे अनुसन्धान गर्ने बताएको छ।

यसलाई अमेरिकाको उत्कृष्ट मध्येको दोस्रो विश्वयुद्ध हवाई प्रदर्शनीको रूपमा व्याख्या गरिएको थियो।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ४ : २३ बजे