मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालले युएईलाई तीन विकेटले हरायो



संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपाल विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल युएईलाई तीन विकेटले पराजित गर्दै विजयी भएको हो । जितसँगै तीन खेलको सिरिजमा नेपालले युएईसँग १–१ को बराबरी गरेको छ । युएईले दिएको १९२ रनको लक्ष्य नेपालले ४७ दशमलव ५ ओभरमा ७ विकेट गुमाएर पूरा ग¥यो । नेपालको जितमा गुलशन झाले सर्वाधिक ३७ रनको योगदान दिए । आरिफ शेखले अविजित ३३ रन बनाए भने सोमपाल कामी १६ रनमा अविजित रहे ।

त्यसैगरी कुशल भुर्तेल ३५, ज्ञानेन्द्र मल्लले २६, दीपेन्द्र सिंह ऐरीले १३, कप्तान रोहित पौडेलले ८ तथा आशिफ शेखले ६ रन जोडे । बलिङतर्फ युएईका रोहन मुस्तफाले ३ विकेट लिए भने हजरत बिलालले २ विकेट लिए । त्यस्तै बसिल हामिदले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४३ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १९१ रन बनाएको थियो । युएईका लागि मुहम्मद वासिमले सर्वाधिक ५० रनको अर्धशतकीय इनिङ खेले । यस्तै अलिशन शराफुले ३५ तथा वृत्य अरविन्दले २५ रन बनाए । बसिल हामिदले २४, कप्तान सीपी रिजवानले २२ तथा विष्णु सुकुमारनले १५ रन बनाए ।

युएईलाई सस्तैमा समेट्ने क्रममा नेपालका सोमपाल कामी र ललित राजवंशीले समान ३र३ विकेट लिए । करण केसी, गुलशन झा, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान १र१ विकेट लिए । युएई र नेपालबीचको तेस्रो तथा अन्तिम खेल शुक्रबार हुनेछ ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ६ : ३५ बजे