काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । चौबीस हजार नौ सय मतगणना हुँदा कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले दश हजारपाँच सय ७२ मत प्राप्त गरेका छन् ।
प्रतिद्वन्द्वी नेकपा ९एमाले०का उम्मेदवार ईश्वर पोखरेलले सात हजार दुइ सय १९ मत प्राप्त गरेका छन् । पौडेल र पोखरेलको मतान्तर तिन हजार तिन सय ५३ रहेको निर्वाचन अधिकृत रितबहादुर पुलामी मगरले जानकारी दिए ।
यस क्षेत्रमा कूल ७० हजार नौ सय १९ मतदाता रहेको यस क्षेत्रमा ४५ हजार नौ सय ९७ मत खसेको थियो । काठमाडौँ क्षेत्र नं ५ मा १५ दलगत र १४ स्वतन्त्र उम्मेदवार गरी कूल २९ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।










