दुई जना पत्रकार पक्राउ : पत्रकार महासंघले भन्यो- राज्य आतंक



काठमाडौं । नेपाल प्रहरीले दुई जना पत्रकारलाई पक्राउ गरेको छ ।

प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी र मोटिभेट न्यूजका पत्रकार शोभराज बराल लाई पक्राउ गरेको हो ।

नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई मीनभवनस्थित कार्यालयबाटै प्रहरीले पक्राउ गरेको छ । उनलाई आफ्नो कार्यालयभित्र प्रवेश गरेर प्रहरीले पक्राउ गरेको नेपाल प्रेसले जनाएको छ ।

नेपाल पत्रकार महासंघले दुवै पत्रकारलाई सादा पोसाकमा आएका प्रहरीले नियन्त्रणमा लिएको पुष्टि गरेको छ । महासंघले समाचार कक्षबाट पत्रकारलाई पक्राउ गर्ने कार्य तत्काल रोक्न सरकारलाई आग्रह गरेको छ ।

महासंघले समाचार कक्षबाट पत्रकारलाई नियन्त्रणमा लिने कार्यलाई राज्य आतंकको संज्ञा दिएको छ ।

प्रकाशित मिति : कार्तिक १३, २०८३ शुक्रबार  ७ : १९ बजे