कञ्चनपुर–२ मा कांग्रेसका साउद विजयी



कञ्चनपुर निर्वाचन–२ मा नेपाली कांग्रेसका उम्मेदवार एनपी साउद छ हजार चार सय ५५ मतान्तरले विजयी हुनुभएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनीक गरेको अन्तिम मतपरिणामअनुसार उनले २८ हजार एक सय मत प्राप्त गरी प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले०का नरबहादुर धामीले २१ हजार छ सय ४५ मात प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार झंकरराज जोशीले चार हजार नौ सय ३१ मत प्राप्त गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अशोकबहादुर सिंहले तीन हजार पाँच सय १० मत प्राप्त गरे । निर्वाचन अधिकृतको कार्यालयका अनुसार यो क्षेत्रमा ६४ हजार सात सय ५२ मत खसेको थियो । जसमा चार हजार नौ सय २० मत बदर भएको छ । प्रदेशसभाका दुईवटै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

प्रकाशित मिति : मंसिर ८, २०७९ बिहिबार  ८ : १८ बजे