मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भक्तपुर १ मा नेमकिपाका सुवाल विजयी



भक्तपुर क्षेत्र नं १ नेपाल मजदूर किसान पार्टीका सचिव प्रेम सुवाल भारी मतले विजयी भएका छन् ।

भर्खरै सम्पन्न मतगणनामा सुवाल ४२ हजार सात सय ५९ मतका साथ विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा ९एमाले०का नवराज गेलालले ११ हजार नौ सय ५८ मत प्राप्त गरे । सुवालले गेलाललाई ३० हजार आठ सय एक मतान्तरलेपछि पारेका हुन् ।

त्यसैगरी राप्रपाका भरतबहादुर खड्काले नौ हजार तीन सय तीन र सत्ता गठबन्धनका तर्फका साझा उम्मेदवारका रुपमा नेकपा ९माओवादी केन्द्र०का सुनिल गोठेले पाँच हजार दुई सय ८३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाले बताए ।

भक्तपुर १ मा २०७४ सालको निर्वाचनमा नेमकिपाका सुवाल ३३ हजार ७६ मतका साथ विजयी हुनुभएको थियो । उहाँका प्रमुख प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बाबुराजा जोशीले १७ हजार आठ सय १८ र माओवादी केन्द्रका मिलन सुवालले १५ हजार तीन सय ७४ मत प्राप्त गर्नुभएको थियो ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार भक्तपुर क्षेत्र नं १ मा कूल एक लाख एक हजार दुई सय ६१ मतदाता रहेका छन् । त्यसमध्ये ४९ हजार आठ सय ३९ पुरुष र ५१ हजार चार सय २२ महिला छन ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  १ : ५५ बजे