लेफ्टिनेन्ट जनरल मुनीर पाकिस्तानको नयाँ सेना प्रमुख नियुक्त



लेफ्टिनेन्ट जनरल असिम मुनीर बिहीबार पाकिस्तानको नयाँ सेना प्रमुख (सीओएएस) को रूपमा नियुक्त भएका छन् ।

गत हप्तादेखिको विभिन्न अनुमानका बीच आज उनको नियुक्ति भएको हो । पाकिस्तानका प्रधानमन्त्री मुहम्मद शाहबाज शरीफले संवैधानिक अधिकार प्रयोग गर्दै लेफ्टिनेन्ट जनरल साहिर शमशाद मिर्जालाई संयुक्त चिफ अफ स्टाफको अध्यक्ष र लेफ्टिनेन्ट जनरल सैयद असिम मुनीरलाई सेना प्रमुखको रूपमा नियुक्त गर्ने निर्णय गरेका छन् ।

पाकिस्तानी सूचना मन्त्री मरियम औरंगजेबले ट्वीट गरेकी छन् । सो निर्णयको बोधार्थ पाकिस्तानी राष्ट्रपति आरिफ अल्वीलाई पठाइएको छ ।

प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार  ४ : ५१ बजे