कांग्रेसको नेतृत्वमा अब बन्ने सरकारले पाँच वर्ष काम गर्छ : एनपि साउद



कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभाका विजयी उम्मेदवार नारायणप्रकाश साउदले जनताको विश्वासलाई कायम राख्दै अगाडि बढ्ने बताएका छन् ।

आज शुक्लाफाँटा नगरपालिका–१० झलारीमा आयोजित विजयी जुलुसलाई सम्बोधन गर्दै उनले निर्वाचनका क्रममा जनतासँग गरेका वाचा पूरा गर्ने बताए । गठबन्धनको सरकार निरन्तर जारी रहने उल्लेख गर्दै उनले देश विकासको गतिमा अगाडि बढ्ने बताए । “गठबन्धन भत्किँदैन”, उनले भने, “विकासका लागि सरकारको स्थायित्व आवश्यक हुन्छ, त्यसका लागि गठन्धन आवश्यक छ ।”

नेपाली कांग्रेसको नेतृत्वमा बन्ने सरकार पाँच वर्ष काम गर्ने उनले बताए । “जनताका धेरै अपेक्षा छन्, सबै अपेक्षा पूरा गर्नका लागि सक्दो पहल गछौँ”, उनले भने, “यसका लागि सबैको साथ र सहयोग आवश्यक छ ।” निर्वाचन क्षेत्र नं २ का विजयी उम्मेदवारलाई निर्वाचन अधिकृतको कार्यालयबाट विजयी जुलुस निकालेर लोकतान्त्रिक–वाम गठबन्धनको कार्यालमा पुगेर समापन गरिएको थियो ।

प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार  ८ : २८ बजे