मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ड्रोन आक्रमणमा यमनी सैनिक मारिए



हुथी विद्रोहीहरुले गरेको ड्रोन हमलामा परेर यमनको सरकार कम्तीमा पनि तीन जना सैनिक मारिएका समाचारमा जनाइएको छ ।प्राप्त समाचारअनुसार यहाँका हुथी विद्रोहीहरुले यमनको दक्षिणी दाहेला प्रान्तमा सो आक्रमण गरेका थिए । उक्त आक्रमणमा परेर यमनी सरकारका कम्तीमा पनि तीन जना सैनिक मारिएका हुन् ।

दक्षिणी प्रान्तको दालेह प्रान्तमा रहेको यमनी सेनाको शिविरलाई लक्ष्य गरेर उनीहरुले हमला गरेका थिए । हुथीले सो आक्रमणका क्रममा विस्फोटक पदार्थसहितको ड्रोन हानेको बताइएको छ ।

उक्त प्रान्तमा केही समय यतादेखि हुथीहरुले यहाँको सरकारी सेनामाथि हमला गर्ने गरेका बताइएको छ । केही समय अघि पनि उनीहरुले सो सैनिक शिविरमा एक ड्रोनको माध्यमबाट एक शक्तिशाली क्षेप्यास्त्र नै प्रहार गरेका बताइएको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ४ : ३४ बजे