मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेवा क्षेत्रमा सबैभन्दा बढी आयकर दाखिला गरेकोमा प्रभु क्यापिटल सम्मानित



काठमाडौंः प्रभु क्यापिटल लिमिटेड आर्थिक वर्ष २०७७/७८ मा सेवा क्षेत्रमा मध्ये सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सम्मानित भएको छ ।

एघारौं राष्ट्रिय कर दिवस २०७९ को अवसरमा आन्तरिक राजस्व विभाग तथा सो अन्तरगतका कार्यालयहरुले आर्थिक वर्ष २०७७/७८ मा विभिन्न विधामा अधिकतम कर योगदान पु¥याउने करदाता संस्था र व्यक्तिहरुलाई सम्मान गरेको छ । सोही अवसरमा आन्तरिक राजस्व कार्यालय पुतलीसडकले आफ्नो कार्यसेवाबाट सबैभन्दा बढी कर दाखिला गर्नेलाई गरेको सम्मानमा सेवा क्षेत्रमा सबैभन्दा बढी आयकर दाखिला गरेकोमा प्रभु क्यापिटल लिमिटेडले कदर स्वरुप सम्मान पत्र प्राप्त गरेको हो । उक्त आर्थिक वर्ष २०७७/७८ मा प्रभु क्यापिटलले १२ करोड कर तिरेको थियो ।

राष्ट्रिय कर दिवसको अवसरमा पुतलीसडक आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा कार्यालयका प्रमुख कर अधिकृत श्री गजेन्द्र प्रसाद यादवले क्यापिटललाई सम्मान गरेका हुन् भने क्यापिटलको तर्फबाट वित्त विभागका ईन्चार्ज रोशन के.सीले सो सम्मानपत्र ग्रहण गरेका हुन् ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ६ : ५९ बजे