धर्म संस्कृतिको रक्षा गर्ने कुरामा कसैसँग सम्झौता गर्दिनँ : शेखर कोइराला



१३ मंसिर २०७९ , काठमाडौं । नेपाली कांग्रेसका नेता तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा शेखर कोइरालाले धर्म संस्कृतिको रक्षा गर्ने कुरामा आफुले कसैसँग सम्झौता नगर्ने बताएका छन्।

कोइरालाले भाषा, धर्म, कला र संस्कृति सभ्यताको प्रतीक र राष्ट्रका धरोहर भएको बताए । राष्ट्रका यी धरोहरको संरक्षण तथा सम्बर्द्धन गर्नु राज्यको दायित्व भएको पनि उनले बताए।

बिराटनगरस्थित लक्ष्मीनारायण मन्दिरमा आयोजित कार्यक्रममा कोइरालाले राज्यले गुरुकुल शिक्षाको उत्थान र बिकासका लागि आवश्यक नीति बनाउँनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नवनिर्वाचित प्रदेशसभा सदस्यहरु अमृत अर्याल, केदार कार्की, भिम पराजुली, राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझी लगायतको सहभागीता रहेको थियो।

प्रकाशित मिति : मंसिर १३, २०७९ मंगलबार  ९ : ४४ बजे