बालेनले सुकुम्बासी बस्तीमा तमासा देखाएको ओलीको आरोप



एमालेका अध्यक्ष केपी शर्मा ओलीले थापाथलीका सुकुम्वासीमाथि बल प्रयोग गर्नु उचित नभएको बताएका छन् ।मंगलबार च्यासलस्थित पार्टी निकट सांस्कृतिक संघद्वारा आयोजित बधाई कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले फुसका छाप्रा भत्काउन काठमाडौं महानगरपालिकाले डोजर प्रयोग गरेकोप्रति कटाक्ष गर्दै भूमि आयोगको कामबारे पिन प्रश्न उठाए । उनले नेपाल प्राकृतिक र भौगोलिक रूपमा समेत विविध रहेको बताउँदै संस्कृति समेत संसारकै उत्कृष्ट रहेको उल्लेख गरे ।

उनले भने,‘सुकुम्वासी बस्तीमा तमासा, त्यहाँ तमासा गर्ने हाकिमका कुरा सुन्दा खेरी हामीलाई पुलिसले हामीलाई सहयोग नै गरेन । नत्र त जित्यौँ। त्यो बस्ती ध्वस्त बनाउँथ्यौँ । के के न बहादुरी गरेजस्तो रु शत्रु देशको लडाइँजस्तो। भाषा, शैली र तरिका छ।’

ओलीले बल प्रयोग गरेर सुकुम्बासी बस्तीमा रहेका गरिब नागरिकलाई शत्रुको रुपमा व्यवहार गर्दै बल प्रयोग गरेर उनीहरुलाई पराजित गर्ने तमासा नदेखाउन पनि राज्य पक्षलाई सचेत गराए । उनले सुकुम्बासी समस्या समाधानका लागि गठन गरिएको आयोगले त्यो समस्या समाधान गर्नुपर्नेमा अन्यथा किन गरिएको पनि प्रश्नसमेत गरे ।

ओलीले सो बस्तीको समस्या समाधानका लागि लोकतान्त्रिक संस्कार अनुसार अघि बढन पनि काठमाडौं महानगरपालिका र सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : मंसिर १३, २०७९ मंगलबार  ५ : ४४ बजे