मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सीपीसीको बैठकबाट नाटकीय रूपमा बाहिरपछि पहिलो सार्वजनिक कार्यक्रममा देखिए हु जिन्ताओ



बेइजिङ, २० मंसिर । पूर्व चिनियाँ नेता हु जिन्ताओ अक्टोबरको दोस्रो साता कम्युनिष्ट पार्टीको शीर्ष बैठकबाट नाटकीय रूपमा बाहिर निस्किएपछि पहिलो पटक सार्वजनिक रूपमा देखिएका छन् । आफ्ना पूर्ववर्ती जियाङ जेमिनलाई श्रद्धाञ्जली अर्पण गर्ने क्रममा उनी सार्वजनिक कार्यक्रममा देखिएका हुन् ।

सोमबार बिहान हु अन्य शीर्ष नेताहरूसँग बेइजिङको चिनियाँ जनमुक्ति सेना जनरल अस्पतालमा जियाङलाई अन्तिम श्रद्धाञ्जली दिन उपस्थित भएका थिए ।
अक्टोबरमा कंग्रेसको समापन समारोह चलिरहँदा हुलाई कुर्सीबाट उठाएर बाहिर लगिएको थियो, जसलाई असामान्य घटना मानिएको थियो । उक्त बैठकले सी जिनपिङलाई नेताको रूपमा ऐतिहासिक तेस्रो कार्यकाल सुम्पिएको थियो ।

हु अस्वस्थ भएको चिनियाँ सञ्चार माध्यमहरूले जनाएका थिए । ऋद्धान्जलिपछि उनी सहयोगीको साथमा अस्थिर भएर हिँडेका देखिन्थे । उनी जियाङकी विधवासँग केही बेर गफ गरेका थिए ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ४ : ०१ बजे