मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेशसभा समानुपातिकतर्फ मधेशमा कांग्रेसलाई धेरै मत, जनमत तेस्रो



काठमाडौं, २० मंसिर । प्रदेशसभा समानुपातिकतर्फ मधेश प्रदेशमा नेपाली कांग्रेसले सबैभन्दा धेरै मत पाएको छ । निर्वाचन आयोगको पछिल्लो तथ्यांकअुनसार कूल २० लाख ८६ हजार २९८ मतमध्ये कांग्रेसले ४ लाख १४४ मत प्राप्त गरेको छ ।

मधेशमा एमाले ३ लाख ५१ हजार ७६८ मतसहित समानुपातिकतर्फ दोस्रो दल बनेको छ भने पहिलोपटक निर्वाचनमा सहभागी बनेको चन्द्रकान्त राउत सिके नेतृत्वको जनतम पार्टी तेस्रो दल बन्न सफल भएको छ ।

उक्त पार्टीले ३ लाख २९ हजार १७७ मत प्राप्त गरेको छ । यस्तै चौथोमा जनता समाजवादी पार्टी रहेको छ । उसले २ लाख ९८ हजार ७७४ मत ल्याएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ६ : ३४ बजे