मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोलिदेखि काठमाडौंमा मेलम्चीको पानी



काठमाडौं, २२ मंसिर । काठमाडौं उपत्यकामा मेलम्चीको पानी शुक्रबारदेखि वितरण हुने भएको छ । काठमाडौं,भक्तपुर र किर्तिपुरका मुख्य शहरमा मेलम्चीको पानी वितरण गरिने भएको हो ।केयूकेएलका प्रवक्ता प्रकाश कुमार राईले चाबहिलस्थित महाँकालचौरको पानी ट्यांकीबाट पानी वितरण सुरु गरिने जानकारी दिए । उनका अनुसार भोलि बिहान साढे ८ बजेदेखि नै पानी धारा धारामा पठाइनेछ ।

बाढीले पानीको मुहानमा क्षति पुर्याउने भन्दै गत जेठमहिनामा सुरुङ बन्द गरिएको थियो । सुरुङको मुखमा केही दिन अघि खोलाको पानी पठाइएको थियो ।

शुक्रबार बिहान पानी घरघरको धारामा पुर्याउने आयोजनाले लक्ष्य लिएको छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी उपत्यकामा ल्याउने आयोजनाको तयारी छ ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  ५ : ०६ बजे