प्रदेश सभाको प्रत्यक्षतर्फ ६ सिट जितेको जनमत पार्टीलाई समानुपातिकमा नौ सिट



काठमाडौं, २३ मंसिर । मधेस प्रदेश सभामा प्रत्यक्षतर्फ ६ सिट जितेको जनमत पार्टीले समानुपातिकमा सात सिट पाएको छ । कुल १९,५२,९४९ मतमध्ये जनमतले ३,२९,१७७ मत पाएको छ ।

यो कुल सदर मतको १६.८६ प्रतिशत हो । यता लुम्बिनी प्रदेशमा पनि उक्त पार्टीले समानुपातिकमा दुई सिट पाएको छ । गण्डकी प्रदेश सभामा कुल ९,४२,७९८ मतमध्ये ८१,६०५ मत पाएको थियो । यो कूल सदर मतको ४.५९ प्रतिशत हो ।

यो पार्टीले प्रतिनिधिसभातर्फ प्रत्यक्षमा एक सिट जितेको थियो । प्रतिनिधिसभा समानुपातिकतर्फ पाँच सिट पाएको छ ।

प्रकाशित मिति : मंसिर २३, २०७९ शुक्रबार  ५ : २२ बजे