मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खुला सीमाका कारण कोभिडको नयाँ भेरियन्टको उच्च जोखिम : स्वास्थ्य मन्त्रालय



काठमाडौं, ९ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी देशहरूमा कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ।७ संक्रमण बढी रहेको र खुला सीमाका कारण नेपालमा पनि जोखिम रहे सजग रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।

शनिवार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले भनेको छ, ‘ छिमेकी राष्ट्रहरूमा कोभिड–१९ को नयाँ भेरीयन्टको संक्रमण दर दिनानुदिन वृद्धि हुँदै गएको छ । तर, नयाँ भेरियन्ट हालसम्म पुष्टि भएको छैन । यद्यपि, खुला सीमाना एवं आवतजावतका कारण नपालमा पनि संक्रमणको जोखिम रहेको हुँदा यसको रोकथाम एवं नियन्त्रणका लागि आमजनसमुदाय सजग एवं सचेत हुन जरूरी छ ।’

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ६ : ४८ बजे