मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश नं १ का सांसदहरुको शपथग्रहण आज



काठमाडौं, पुस ११ । प्रदेश नं १ का सांसदले आज शपथ लिने भएका छन् । दिउँसो साढे १ बजे शपथ लिने कार्यक्रम तय भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

शपथ लिनुअघि प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सभा सदस्यमध्येबाट ज्येष्ठ सांसद गयानन्द मण्डल गनगाईंलाई दिउँसो साढे १२ बजे प्रदेश सभाध्यक्षका रूपमा शपथ गराउनेछन् ।

त्यसपछि सभाध्यक्षले अन्य ९२ जना सांसदलाई शपथ गराउने कार्यक्रम तय भएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ९ : २० बजे