प्रधानमन्त्री प्रचण्डले गरे पदभार ग्रहण



काठमाडौं, ११ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदभार ग्रहण गरेका छन् ।

सोमबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रचण्डले पदभार ग्रहण गरेका हुन् ।

नेकपा एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थन पाएपछि उनी आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए।

प्रकाशित मिति : पुस ११, २०७९ सोमबार  ८ : ३१ बजे