मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन पहिलो साता



सिटी म्याराथनको अवधारणाबाट सुरु भएको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को १७औँ संस्करण आगामी फागुन ६ गते हुने छ ।

नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुन लागेका उक्त म्याराथनको तयारी सुरु भएको आयोजक संस्थाले जनाएको छ । पोखरा अन्तर्राष्ट्रिय म्याराथनअन्तर्गत आठ विधा एकै दिन हुनेछन् ।

एक दिन दौडिन पर्छ भन्ने सन्देश दिन ‘रन फर फन’ समेत समावेश गरिएको छ । यसपटक विजेताले रु पाँच लाख प्राप्त गर्नेछन् । यसैगरी द्वितीयलाई रु तीन लाख, तृतीयलाई रु दुई लाख र सान्त्वनास्वरुप चौथो हुने धावकलाई रु ३० हजार प्रदान गरिने मञ्चले जनाएको छ । म्याराथनतर्फ गण्डकी प्रदेशका खेलाडीलाई प्रोत्साहन गर्न विजेतालाई रु ५० हजार, उपविजेताले रु ३० हजार र तृतीय हुनेले रु २० हजार पुरस्कार प्रदान गरिनेछ ।

यसैगरी महिला हाफ म्याराथनका विजेताले रु एक लाख ५० हजार, द्वितीयले रु एक लाख र तेस्रो हुनेले रु ७५ हजार पुरस्कार प्राप्त गर्ने छन् । दस किलोमिटर सडक दौड महिला तथा पुरुषतर्फ प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु ३० हजार, रु २० हजार र रु १५ हजार पुरस्कार प्रदान गरिनेछ । पोखरा म्याराथनले अन्तर्राष्ट्रिय म्याराथन सञ्जाल ‘एसोसिएसन अफ इन्टरनेशनल म्याराथन सोसाइटी’९एम्स०को मान्यता पाएको छ ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ८ : २१ बजे