मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रचारबाजी हैन परिणाम दिने काम गर !



२१ पुस २०७९, काठमांडौ । देशमा नयाँ जनादेशसहितको सरकारले काम थालेको छ ।पुराना दलहरु र झण्डै अधा शताब्दिदेखी राज्य सत्तामा हालिमुहाली गरिरहेका ति दलहरुका केहि नेताप्रती मतदातामा जागेको बितृष्णमा टेकेर नयाँ दल पनि देशको मुल सत्तामा आइपुगेका छन । परिवर्तनका लागी मतदान मार्फत नगरिकहरुले अनुमोदन गरेका नयाँ दल र नयाँ नेताहरु सत्तामा पुग्नुलाई तत्कालका लागी स्वभाबिक नै मान्नुपर्छ ।

देशमा थुप्रै समस्या छन्, मुख्यत: देशको अर्थतन्त्रलाई लयमा हिडाउनुपर्ने चुनौती छ । भ्रष्टाचार अन्त्य र सुशासन स्थापनाको नागरिक अपेक्षा केबल अपेक्षामानै सिमित छ ।सरकारसँग नागरिकाका अन्य अपेक्षाहरु उत्तिकै छन । यसैबिच सरकारले भर्खरै काम थालेको छ ।निश्चयनै अहिलेनै सरकारको कामको मुल्याङ्कन गरी हाल्ने बेला भएको छैन तर पनि सरकार र सरकारमा सहभागी मन्त्रीहरुको शुरुवात हेर्दा त्यती आशा लाग्दो देखिदैन । सरकारका केहि जल्दा बल्दा मन्त्रीहरुको शुरुवात हेर्दा नागरिकहरुले खोजेको परिणाम भन्दा पनि सस्तो लोकप्रियता र प्रचारलाईनै प्राथमिकतामा राख्न खोजेको देखिन्छ ।

पुरानो कार्य शैलिको घनघोर बिरोध गरेर आइपुगेका दलहरु पनि सरकारमा छन ।उनिहरुको सत्तारोहण हेर्दा जसरि पनि सत्तामा पुग्ने नेपाली राजनितिको पुनराबृत्ती भन्दा अरु केहि होईन भन्नेमा दुइ मत देखिदैन तथापी आशा मारिहाल्ने बेला भने भएको छैन ।

यसपटकको निर्वाचनमा परम्परागत राजनीतिक अभ्यासमा सुधार र शुद्धीकरणका लागि निर्णायक भूमिकाको अपेक्षासहित नयाँ दललाइ मत दिनेहरूको अपेक्षा पनि फगत अपेक्षामानै सिमित हुने लगभग निश्चित देखिन थालेको छ । नयाँ भनिएका दलका नेताहरूको सत्तारोहण हेर्दा तीनिहरु पनि विकृत सत्ता राजनितिकै नयाँ पात्र बनेको प्रष्टै देखिन्छ ।

सरकारमा आइपुगेका नयाँ पात्रहरुसहित सरकारका नयाँ मन्त्रीहरुको चाला हेर्दा अनेकौ अनेक प्रोपोगाण्डा गरेर प्रचार गराउने, आ-आफ्ना प्रचार समुह खडा गराउने र तीनलाई आफ्नो वरिपरी घुमाउने पुरानै शैलीलाइ हुबहु आत्मसाथ गरेको देखिन्छ ।सस्तो प्रचार गराएर जनमत बनाइराख्न सकिन्छ भन्ने भ्रमबाट मुक्त हुन तीनलाई कती समय लाग्ने हो, त्यो भन्न सकिन्न ।

जेहोस अहिलेको सरकारले भर्खरै काम थालेको हो ।सरकारको बारेमा पुरै निष्कर्श निकाल्ने बेला भएको छैन ।नागरिकहरुले गरेको अपेक्षा अनुसार काम गर्न सरकारसँग प्रशस्तै समय बाकी छ । आशा गरौ, सरकारमा बस्नेहरुले त्यो समयको सदुपयोग गर्नेछन्,समयलाई बुझ्नेछन ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  ३ : ०५ बजे