नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ



१९ माघ २०७९, काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन्। बिहीबार दिउँसो बाँकेबाट प्रहरीले उनलाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीलाई बाँके प्रहरीले प्रकाउ गरेको हो। चौधरी अदालतको फरार सुचीमा थिए।

नागरिक उन्मुक्ती पार्टीबाट सासंदमा निर्वाचित चौधरी ट्याक्टरमा आगजनी गरेको कसुरमा जिल्ला अदालत कैलालीबाट सुनाइएको ६ महिना कैद सजाय भुक्तान नगरि फरार सुचीमा रहेका छन्। वि.सं.२०७० बैशाख ९ गते कैलाली जिल्ला अदालतले सासंद अरुण कुमार चौधरी सहित परशुराम चौधरी र बिरबहादुर चौधरी गरि तीन जनालाई ६ महिना कैद सजाय सुनाएको थियो।

कैलालीको गोरांगा खोलाबाट ढुंगा लिएर लम्कीतर्फ जाँदै गरेको ट्याक्टरमा ०६६ भदौ ३ गते आगजनी गरिएको थियो ।

प्रकाशित मिति : माघ १९, २०७९ बिहीबार  ३ : २० बजे