टर्की र सिरियाको सीमा क्षेत्रमा सोमबार बिहान एएको ७।८ म्याग्निच्युडको भूकम्पका कारण सयौँ व्यक्तिले ज्यान गुमाएका छन् ।
सोमबार विहान सुतेकै अवस्थामा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको र उक्त भूकम्पका कारण टर्की र सिरियामा गरी पाँच सयभन्दा बढीको मृत्यु भएको थियो ।
सिरियामा जारी गृहयुद्ध र अन्य द्वन्द्वका कारण लाखौं मानिसले भरिएको यस क्षेत्रका प्रमुख शहरहरूको पूरै क्षेत्रलाई कम्पन गर्नेगरी करिब एक शताब्दीयताकै सबैभन्दा शक्तिशाली भूकम्प ग्एको हो ।
सिरियाको राष्ट्रिय भूकम्प केन्द्रका प्रमुख राएद अहमदले सरकारी रेडियोसँग भन्नुभयो, “केन्द्रको स्थापनापछि रेकर्ड गरिएको यो सबैभन्दा ठूलो भूकम्प हो ।
स्वास्थ्य मन्त्रालय र स्थानीय अस्पतालका अनुसार सरकार नियन्त्रित सिरियाका साथै टर्की समर्थक समूहको कब्जामा रहेको उत्तरी क्षेत्रमा कम्तीमा २४५ जनाको मृत्यु भएको छ ।
टर्कीका उपराष्ट्रपति फुआत ओक्टेले सोमबार टर्कीमा कम्तीमा २८४ जनाको मृत्यु भएको र दुई हजार ३०० भन्दा बढी व्यक्ति घाइते भएको र केही प्रमुख शहरमा खोजी तथा उद्धार कार्य जारी रहेको बताउनुभएको छ ।
मुख्य सडकहरू हिउँले ढाक्नेगरी आएको हिउँदे हिमआँधीका कारण उद्धारमा बाधा पुगेको टर्कीका उद्धारकर्मीहरूले बताएका छन् ।
टर्कीका मानिसहरू हिउँमा पाइजामा लगाएर उभिएर उद्धारकर्ताहरूले क्षतिग्रस्त घरहरूको भग्नावशेष खनेको टेलिभिजनद्वारा प्रशारित भिडियो तथा तस्वीरहरूमा देखाइएको छ ।
अमेरिकी भौगर्भिक सर्भेका अनुसार टर्की र सिरियाको सिमा क्षेत्रमा रहेको गाजियान्टेप शहर नजिकै स्थानीय समयानुसार बिहान ४ बजेर १७ मिनेट जाँदा भूकम्प गएको थियो ।
टर्कीको एएफएडी आपतकालीन सेवा केन्द्रले ७।४ म्याग्निच्यूडको पहिलो भूकम्प गएको र त्यसपछि ४० भन्दा बढी पराकम्प गएको जनाएको छ ।
टर्कीको टेलिभिजनमा सार्वजनिक भएका तस्बिरमा उद्धारकर्मीहरूले कहरमानमारस र छिमेकी गाजियान्टेप शहरमा समतल भवनहरूको भग्नावशेष खनेको देखिएको छ ।














