सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहलाई नियुक्त भएका छन् ।
प्रदेश प्रमुख देवराज जोशीले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
सुदूरपश्चिम प्रदेशमा एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्र सिंह रावलले विश्वासको मत नपाएपछि ठूलो दलको हैसियतमा कांग्रेसको सरकार गठन हुने भएको हो ।
राजेन्द्र सिंह रावलले विश्वासको मत नपाएपछि मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।














