आइसिसी क्रिकेट विश्वकप लिग– २ मा नेपालले स्कटल्याण्डलाई पराजित गरेको छ ।स्कटल्याण्डले दिएको २७५ रनको लक्ष्य नेपालले ४७ ओभरमा ७ विकेट गुमाउदै पुरा गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले टस जितेर फिल्डिङ रोज्दै स्कटल्यान्डलाई ब्याटिङको निम्तो दिएको थियो। आजको खेलमा दीपेन्द्रसिंह ऐरीले अविजित ८५ रनको योगदान गरे । यस्तै कुशल मल्लले ८१ रन बनाए ।
७७ रनमा ५ विकेट गुमाएर धर्मराएको नेपालका लागि कुशल र दीपेन्द्रले शसतकीय साझेदारी गरे । नेपालका लागि सन्दीप लामिछानेले ३,कुशल मल्लले ३,दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कुशल भुर्तेलले एक एक विकेट हात पारे ।
स्कटल्याण्डका लागि क्रिस सोले र मार्क वाटले तीन तीन विकेट हात पारे । स्कटल्यान्डले ५० ओभर खेल्दै नौ विकेटको क्षतिमा दुई सय ७४ रन बनाएको थियो। स्कटल्यान्डका लागि मिचेल लिस्क एक्लैले एक सय सात रन बनाए। सातौँ नम्बरमा ब्याटिङ गरेका लिस्कले ८५ बलमा नौ छक्का र तीन चौकाको मद्दतमा अविजित १०७ रन बनाएका हुन्।














