सन्दीप लामिछाने आजै यूएई जादै, आईसीसी विश्वकप लिग टू खेल्ने निश्चित



काठमाडौं, १७ फागुन । नेपाल क्रिकेट संघ ९क्यान० ले क्रिकेटर सन्दीप लामिछाने आज नै यूएई नाने भएका छन् । आईसीसी विश्वकप लिग टू अन्तर्गत यूएईमा चलिरहेको त्रिकोणत्मक शृंखलामा खेल्नका लागि क्यानले सन्दीपलाई यूएई पठाउन लागेको हो ।

नाबालिका बलात्कार मुद्दामा थुनामा रहेका सन्दीपलाई उच्च अदालतले निश्चित शर्तहरु राख्दै धरौटीमा रिहा गरेको थियो । धरौटीमा रिहा भएका लामिछानेले विदेश जान नपाउने, काठमाडौं छाड्दा जिल्ला प्रशासन कार्यालयको अनुमति लिनुपर्ने लगायतका शर्त राखेको थियो । उच्च अदालतको आदेश विरुद्ध सर्वोच्च गएका सन्दीपलाई सर्वोच्च अदालतले विदेश जान अनुमति दिएसँगै उनलाई यूएई पठाउन लागिएको हो ।

यूएईमा जारी त्रिकोणात्मक श्रृंखलामा सन्दीपले खेल्ने तय मइसकेको क्यान श्रोतले जनाएको छ ।

प्रकाशित मिति : फाल्गुन १७, २०७९ बुधबार  १ : १२ बजे