अफगान सुरक्षा फौजको कारबाहीमा आइएसका छ लडाकु मारिए



हेरात, २१ फागुन (रासस/सिन्ह्वा) अफगानिस्तानको हेरात प्रान्तमा सुरक्षा फौजले गरेको सुरक्षा कारबाहीका क्रममा कम्तीमा पनि छ जना आइएस लडाका मारिएका छन् ।सो प्रान्तका प्रान्तीय प्रहरी प्रमुख अब्दुल्लाह इनसाफले सो कुराको जानकारी दिएका छन् । उनका अनुसार सुरक्षा फौजले आइएसकाविरुद्धमा गरेको कारबाहीका क्रममा ती लडाका मारिएका हुन् ।

शनिबार भएको सो कारबाहीका क्रममा मारिनेमा एकजना महिला पनि परेका बताइएको छ । प्रवक्ता इनसाफले हेरात प्रान्तको रबट काबुली गाउँमा आइएसले आश्रयस्थल नै बनाएर हिंसात्मक क्रियाकलाप गरेको सूचनाका आधारमा सो कारबाही गरिएको थियो ।

त्यस कारबाहीमा परेर अरु केही लडाका घाइते पनि भएका छन् । उक्त क्षेत्रमा अफगान सरकारको सुरक्षा फौजले खोजी अभियान सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : फाल्गुन २१, २०७९ आईतबार  २ : १७ बजे