काठमाडौं, फागुन २२ । आइसिसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले युएईलाई पराजित गरेको छ। नेपालले युएईलाइ ४२ रनले पराजित गरेको हो।
नेपालले यूएईसामु २३० रनको लक्ष्य प्रस्तुत गरेको थियो । टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २२९ रन बनायो ।
नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको युएई ४५ ओभरमा १८७ रनमा अलआउट भयो।जितसँगै नेपालले लिग-२ को अंक तालिकामा युएईलाई पछि पार्दै पाँचौ स्थानमा उक्लिएको छ ।विश्वकप लिग(२ का अघिल्ला ३ खेलमा नेपाल युएईसँग पराजित भएको थियो। युएईलाई हराएसँगै नेपाल पाँचौ स्थानमा उक्लिएको हो ।














