भिमको अर्धशतकले नेपाललाइ राहत



युएईले दिएको ३११ रनको जितको लक्ष्य पछ्याएको नेपाललाइ भिम सार्कीको अर्धशतकसँगैराहत पुगेको छ । भीम ६७ रनमा बजाएर आउट हुनुअघि भीमले आरिफ शेखसंग ८३ रनको साझेदारी गरेका थिए ।

३११ रनको लक्ष्य पन्छाएको नेपालले ३१ ओभरमा ५ विकेट गुमाएर १८१ रन बनाएको छ ।
यसअघि नेपालमा कुशल भुर्तेल ६३,कप्तान रोहितकुमार पौडेल १६, कुशल मल्ल ५ र आसिफ शेख शुन्यमा आउट भए ।

त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतीमा ३१० बनायो

प्रकाशित मिति : चैत्र २, २०७९ बिहीबार  ४ : ५३ बजे