मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वित्तीय स्थायित्वमा जोखिम बढेको आईएमएफ प्रमुखको चेतावनी



बेइजिङ, १२ चैत (रासस/सिन्ह्वा) : अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का प्रमुख क्रिस्टालिना जर्जिएभाले वित्तीय स्थायित्वमा जोखिम बढेको भन्दै बैंकिङ क्षेत्रमा पछिल्लो उथलपुथलपछि ‘सतर्कताको खाँचो’ मा जोड दिएका छन् ।

बेइजिङमा आयोजित एक मञ्चमा बोल्दै युक्रेनमा जारी युद्ध, आर्थिक कडाइ र महामारीका कारण विश्वव्यापी आर्थिक वृद्धि दर ३.० प्रतिशतभन्दा तल झरेको अवस्थामा सन् २०२३ अर्को चुनौतीपूर्ण वर्ष हुने विश्वास अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रबन्ध निर्देशकले व्यक्त गरे ।

उनले चाइना डेभलपमेन्ट फोरममा भने, “सन् २०२३ को मध्यावधिमा विश्व अर्थतन्त्रको अवस्था कमजोर रहने सम्भावना छ । अनिश्चितता असाधारण रूपमा उच्च छ । वित्तीय स्थायित्वमा जोखिम बढेको पनि स्पष्ट छ ।”

सिलिकन भ्याली बैंकको पतन र प्रतिद्वन्द्वी यूबीएसले स्विस बैंक क्रेडिट सुइसलाई जबर्जस्ती अधिग्रहण गरेसँगै वित्तीय क्षेत्र धराशायी भएको देखिएको उनले बताए।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ८ : ०३ बजे