नेटोले युक्रेनका लागि बहु-वर्षीय सहयोग कार्यक्रम तय गर्ने



कीभ, २१ चैत, (रासस/सिन्ह्वा) उत्तर एट्लान्टिक सन्धि सङ्गठन ९नेटो० का महासचिव जेन्स स्टोल्टेनबर्गले युक्रेनका लागि बहुवर्षीय सहयोग कार्यक्रमबारे छलफल बताएका छन् ।

इन्टरफ्याक्स-युक्रेन समाचार एजेन्सीले जनाएअनुसार सो विषय यही अप्रिल ४ र ५ गते हुन गइरहेको नेटो विदेश मन्त्रीहरूको बैठकको कार्यसूची हुने छ ।
मलाई आशा छ, नेटो विदेशमन्त्रीहरूले युक्रेनको सहयोगका निम्ति बहु(वर्षीय कार्यक्रममा सहमत हुनेछन्, स्टोल्टेनबर्गले ब्रुमा पत्रकार सम्मेलनमा भनेका छन्।

रुससँगको द्वन्द्वमा युक्रेनलाई सहयोग प्रदान गर्नुका साथै यो कार्यक्रम युक्रेन र नेटोबीचको सम्बन्धको विकासको दीर्घकालीन परिप्रेक्ष्यका निम्ति पनि महत्त्वपूर्ण स्टोल्टेनबर्गको धारणा छ ।

सो बैठकमा नेटो देशका विदेश मन्त्रीहरूले युक्रेनको सशस्त्र बललाई समर्थन गर्ने उपायहरुमा पनि थप छलफल गर्नेछन् ।

प्रकाशित मिति : चैत्र २१, २०७९ मंगलबार  ८ : ०६ बजे