नक्कली परीक्षार्थी राखेर एसईई दिएको आरोपमा मेयर प्रेमलाल साहविरुद्ध पक्राउ पुर्जी जारी



रौतहट : रौतहटको देवाही गोनाही नगरपालिकाका प्रमुख प्रेमलाल साह कानुविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

नक्कली परीक्षार्थी राखेर परीक्षा दिएको आरोपमा उनीविरुद्ध रौतहट जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

साहको सट्टामा माध्यमिक शिक्षा परीक्षा ९एसईई० दिँदै गरेका नक्कली परीक्षार्थी गरुडा नगरपालिका(६ पोठियाहीका कमल साह
बिहीबार पक्राउ परेपछि शुक्रबार जिल्ला अदालतले मेयर साहविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

अनुसन्धानका क्रममा मेयर साहको नाम आएकोले छानबिन गर्नु परेकोले उनीविरुद्ध पनि जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गराइएको प्रहरीले जनाएको छ ।

मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ मावि केन्द्रबाट मेयर साहको नाममा परीक्षा दिइरहेका बेला कमल पक्राउ परेका हुन् ।

प्रकाशित मिति : चैत्र २४, २०७९ शुक्रबार  २ : २५ बजे