सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा ,६९ करोड बढि बिगो दाबी



काठमाडौँ, ३ वैशाख । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

आयोगले सुरक्षण मुद्रण केन्द्रमा गरेको छानबिनबाट भ्रष्टाचार भएको ठहर गर्दै ९ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।

उनीहरूले गैरकानुनी लाभ तथा हानि पुर्‍याई भ्रष्टाचार गरेको अख्तियारको आरोप छ । निर्देशक पौडलविरुद्ध ६९ करोड आठ लाख ८१ हजार ८५४ रुपैयाँ बिगो दाबी गरिएको छ ।

प्रकाशित मिति : बैशाख ३, २०८० आईतबार  ५ : ४५ बजे