आजवाट बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइने



काठमाडौं, ६ बैशाख । बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आजवाट खुवाउन सुरु गरिदैछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ महिना देखि ५५ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन सकिने जनाएको छ ।

यसैगरी, १२ महिना देखि ५५ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि पनि आजवाट नै खुवाइने मन्त्रालयले जनाएको छ । भिटामिन ए र जुकाको औषधी भोलीसम्म खुवाइनेछ ।

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत आफ्ना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ ।

प्रकाशित मिति : बैशाख ६, २०८० बुधबार  १० : २२ बजे