मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चार छक्का र तीन चौका हान्दै गुल्सन झाले जगाए आशा



काठमाडौं, १९ वैशाख । एसीसी प्रिमियर कप अन्तर्गत जारी फाइनल खेलमा नेपाल लयमा फर्किन खोज्दै छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको ११८ रनको लक्ष्य पछ्याएको नेपालका गुल्सन झाले खेललाई लयमा ल्याउने प्रयास गरिरहेका छन् ।

कप्तान रोहित पौडेल, कुशल भुर्तेल र आसिफ शेख दोहोरो अंक नजोडी आउट हुँदा निराश भएका घरेलु दर्शकलाई गुल्सन झाले आशा जगाएका छन् । उनले ५३ बलमा तीन चौका र चार छक्काको मद्दतमा ४६ रन जोडेका छन् ।

नेपालले १९ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ६६ रन जोडेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ११ : १५ बजे