मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हुम्लामा अवरुद्ध हवाइ सेवा सुरू



हुम्ला, २२ वैशाख । हुम्लामा अवरुद्ध हवाइ सेवा सुरु भएको छ । गत शनिबार रातिदेखि खराब मौसमका कारण अवरुद्ध हवाइ सेवा शुक्रबारबाट सुुरु भएको हो ।

६ दिनपछि मौसममा आएको सुधारसँगै शुक्रबारबाट हवाइ सेवा सुरु भएको नागरिक उड्डयन प्राधिकरण सिमिकोटले जनाएको छ ।

शुक्रबारबाट सिमिकोट विमानस्थलबाट नेपालगन्ज र सुर्खेत जाने र नेपालगन्ज र सुर्खेतबाट सिमिकोट आउने उडानहरू सुचालु भएका भएका नागरिक उड्डयन प्राधिकरण सिमिकोटले जनाएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ५ : १४ बजे