काठमाडौंका सडक पटक पटक भत्काइयो : प्रदीप पौडेल



वैशाख २६ काठमाडौं। नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले काठमाडौंका अधिकांश सडक अलपत्र रहेको बताएका छन्।

खानेपानीका पाइप बिच्छाउने र बिजुलीका तार भूमिगत गर्ने नाममा सडक बारम्बार भत्काउने गरिएको उनले बताए।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद पौडेलले भने, ‘काठमाडौंकै धेरैजसो सडक अलपत्र छ। खानेपानीका पाइप बिच्छाउने र बिजुलीका तार भूमिगत गर्ने नाममा सडक भत्काइएको छ।’

उनले वर्खाअघि नै ती सडक मर्मत गरिसक्न सरकारलाई अनुरोध गरेका छन्।

‘सरकारका मन्त्रालयहरूबीच समन्वय नहुँदा एकै सडक वर्षमा ४ पटकसम्म भत्काइएको छ। सरकारको काम सडक भत्काउने मात्र होरु,’ उनले प्रश्न गरे।

स्थानीय र प्रदेश सरकारसँग केन्द्र सरकारले समन्वय गरी सडक मर्मत गर्नुपर्ने उनले बताए।

प्रकाशित मिति : बैशाख २६, २०८० मंगलबार  १ : ४६ बजे