काठमाडौं, ५ जेठ । सरकारले कीर्तिपुर र मुलपानी क्रिकेट मैदान आगामी २ वर्षभित्र स्तरोन्नती सम्पन्न गर्ने घोषणा गरेको छ।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको २०८०र८१ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुरा बताएका हुन्।
दुईटै मैदानको स्तरोन्नती सम्पन्न गरी अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्ने उनले बताए।










