मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयानकै आधारमा पक्राउ गर्न मिल्दैनः गृहमन्त्री श्रेष्ठ



११ जेठ ,काठमाडौं। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बयानकै आधारमा नाम लिइएका व्यक्तिलाई पक्राउ गर्न नसकिने बताएका छन् ।

बिहीबार एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिनको माग गर्दै बुझाएको ८ बुँदे ज्ञापनपत्र बुझ्दै गृहमन्त्री श्रेष्ठले बयानकै आधारमा कसैलाई पक्राउ गर्न नमिल्ने जवाफ दिएका हुन् । तर, नाम लिइएका व्यक्तिमाथि भने अनुसन्धान भइरहेको उनको भनाइ छ ।

प्रहरीलाई राजनीतिक प्रभाव र अवाञ्छित दबाबबाट मुक्त भएर स्वतन्त्र र निष्पक्ष रुपमा छानबिन गर्न निर्देशन दिएको उनले बताए।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहिबार  ६ : ०९ बजे