मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रेशम चौधरीको आम माफीसम्बन्धी प्रस्ताव राष्ट्रपति पौडेलले गरे फिर्ता



काठमाडौं, १२ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीको आम माफीसम्बन्धी प्रस्ताव फिर्ता पठाएका छन् ।

राष्ट्रपति कार्यालयले आज ९शुक्रबार० चौधरीको आम माफीसम्बन्धी फाइल गृहमन्त्रालयमा फिर्ता पठाएको हो ।

कानुन नपुगेको भन्दै राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा फाइल फिर्ता गरेको सचिवालयले जनाएको छ ।

आजमात्रै टिकापुरमा हत्या भएका नेपाल प्रहरीका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहराले चौधरीलाई आममाफी दिने प्रस्ताव अस्विकृत गर्न आग्रह गरेकी थिईन् ।

राष्ट्रपति कार्यालयले सो पत्र पनि गृहमन्त्रालयमा जानकारी लागि पठाएको जनाईएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  ४ : २७ बजे