मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण



जेठ १७, काठमाडौं । राष्ट्रपतिका रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् ।

संसद्का दुवै सदनले पारित गरेर दोस्रोपटक पठाएँदा समेत तत्कालीन राष्ट्रपति विद्या भण्डारीले गत असोजमा रोकिदिएकी थिइन् । मन्त्रिपरिषद्को निर्णयका आधारमा राष्ट्रपति पौडेलले त्यही विधेयक प्रमाणीकरण गरेर जारी गरेका हुन् ।

पहिलोपटक संसद्ले नागरिकता विधेयक ०७९ साउन १६ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइएको थियो । विधेयकमा चित्त नबुझेको भन्दै भण्डारीले आठ बुँदाको सरोकार उल्लेख गरेर संसद्लाई फिर्ता पठाएकी थिइन् ।

सदनले दोस्रोपटक विधेयक हुबहु पारित गरेर भदौ २० मा राष्ट्रपतिकहाँ पठाएको थियो । १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था लत्याउँदै उनले थन्क्याइदिएकी थिइन् । तत्कालीन राष्ट्रपति भण्डारी पदबाट बिदा भएको तीन महिनामा नयाँ राष्ट्रपतिले नौ महिना पुरानो विधेयक प्रमाणीकरण गरेका हुन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  १ : ४३ बजे