मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डा भक्त केसी ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कारबाट सम्मानित



काठमाडौँ, १७ जेठ । विश्व सुर्तीजन्य पदार्थरहित दिवसका अवसरमा ‘स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’बाट पत्रकार, स्वास्थ्यकर्मी एवं विभिन्न संस्थालाई पुरस्कृत गरिएको छ । आज आयोजित कार्यक्रममा स्वास्थ्य कर कोष सचिवालयले पत्रकार, स्वास्थ्यकर्मी एवं संस्थालाई रु ५० हजारका दरले कदरपत्रसहित पुरस्कृत गरेको हो ।

पुरस्कृत हुनेमा स्वास्थ्यकर्मी प्राडा रिता थापा र डा भक्त केसी एवं पत्रकार पद्मराज जोशी छन् । यस्तै विराटनगर महानगरपालिका,एक्सन नेपाल र नेपाल विकास अनुसन्धान प्रतिष्ठान पनि पुरस्कृत भएका छन् ।

सुर्तीजन्य पदार्थ आयात, उत्पादन, बिक्रीवितरण गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमन गर्ने, जनचेतना जगाउने, प्रचलित कानुन कार्यान्वयनमा महत्वपूर्ण सहयोग पु¥याउने एवं सो क्षेत्रमा कार्यरत उत्कृष्ट व्यक्ति, संस्था, तथा निकायलाई पुरस्कृत गरिएको हो ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  ७ : २६ बजे