मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टर्कीको राष्ट्रपतिमा तेस्रो कार्यकालका लागि एर्दोगान निर्वाचित



अङ्कारा, २० जेठ (रासस/सिन्ह्वा) टर्कीको राष्ट्रपति रेसेप तैयप एर्दोगानले तेस्रो कार्यकालका लागि शनिबार पद तथा गोपनीयताको सपथ लिएका छन् ।

टर्कीको आर्थिक सङ्कट चर्किरहेका बेला आफ्नो दुई दशक लामो शासन लम्ब्याउन एर्दोगान तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

उनले टर्कीको उन्नतिको लागि सबै देशबासीको मन जित्नेगरी निष्पक्ष रूपमा आफ्नो कर्तव्य पूरा गर्ने बताएका छन् । उनले सपथ ग्रहणपछि पत्रकारसँग भने, “राष्ट्रपतिको रूपमा महान टर्की राष्ट्रको अगाडि म मेरो सम्मान र निष्ठाको कसम खान्छु । राज्यको अस्तित्व र स्वतन्त्रताको रक्षा गर्न मैले सबै शक्तिको साथ काम गर्न र निष्पक्ष रूपमा मेरो कर्तव्य पूरा गर्न लागि पर्नेछु ।”

संसदको उद्घाटनपछि राजधानी अङ्कारास्थित राष्ट्रपतिको कार्यालयमा विश्वका दर्जनौं नेताको सहभागिता भव्य समारोहबीच उनले पदबहाली गरेका हुन् ।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार  ७ : २६ बजे