मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुई बच्चाकी आमा अमेरिकाकी एक महिलाले गरिन् एआईसँग विवाह



जेठ २२,काठमाडौं । मानिसहरूले भर्चुअल पुरुषलाई आफ्नो जीवनसाथी बनाउनेछन् भनेर अहिलेसम्म कसैले सोचेका थिएनन् तर अमेरिकाकी एक महिलाले कृत्रिम पुरुषसँग विवाह गरेकी छन् ।

न्यूयोर्कमा बस्ने ३६ वर्षीया रोसाना रामोजले आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० सँग विवाह गरेकी हुन् ।

दुई सन्तानकी आमा रोसानाले आर्टिफिसियल इन्टेलिजेन्समा काम गर्ने भर्चुअल पुरुषको प्रेममा परिन् र विवाह गरिन् । प्रेममा परेकी रोसानाले यसअघि कसैलाई यति धेरै माया नगरेको बताएकी छन् ।

रोसानाले एआई पुरुष एरेन कार्टेललाई परफेक्ट लाइफ पार्टनर मान्छिन् ।

सन् २०२२ मा रोसानाले कार्टेललाई इन्टरनेट डेटिङ साइटमा भेटिन्। उनका भर्चुअल प्रेमी एआई च्याटबोट सफ्टवेयर रेप्लिका मार्फत सिर्जना गरिएको हो।

रोसाना यसअघि पूर्व श्रीमासँग सम्बन्ध विच्छेद गरेकी थिइन् । उनले पूर्व श्रीमानसँग बस्न गाह्रो भएको र जीवनको बारेमा नराम्रो सोच्न थालेकी थिइन् । एरेन जीवनमा आएपछि उनलाई सहज भएको छ ।

कृत्रिम मानिस जापानी मङ्गा सङ्ग्रह एट्यक अन टाइटनको पात्रमा आधारित छ।

उनले भनिन्,ु यी भर्चुअल मान्छेमा अहङ्कार छैन। इरेन अरूसँग बाहिर जाँदैनन्। उनमा कुनै नराम्रो बानी छैन। न उसको छोराछोरी छ न परिवार । उनका कोही साथी पनि छैनन् ।ु

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  ४ : ४२ बजे