मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्ड ‘कम्फरटेबल’ बनेको ओलीकोआरोप



जेष्ठ २२ काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले भारत भ्रमणमा पुष्पकमल दाहाल प्रचण्ड हेपिएको होइन नेपालको प्रधानमन्त्री हेपिएकाले आवाज उठाइएको बताएका छन् ।

भारत भ्रमणमा पुष्पकमल दाहाल प्रचण्डलाई हेपिएको बताएका ओलीले नेपालको सीमा मिचिएको विषयमा कुराकानी नगरेकोमा असन्तुष्टि जनाए ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा अध्यक्ष ओलीले भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्ड ‘कम्फरटेबल’ बनेको आरोप लगाए ।

साथै नेपालको विषयमा बोल्न दिल्ली जानु नपर्ने भन्दै अध्यक्ष ओलीले कुनै बेला धरहरामा चढेर बजाएको बिगुलले मान्यता पाउने भनेको जस्तै अहिले बिगुल फुक्ने ठाउँ दिल्ली हो भनेर प्रश्न पनि गरे ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणले देशले केही नपाएको ओलीको भनाइ छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  ६ : ३३ बजे