मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सन् २०२३ मा हवाई उद्योगले कोभिडपछिको कीर्तिमानी रेकर्ड कायम गर्ने



इस्तानबुल, २२ जेठ । (रासस/एएफपी) : विश्वभरका विमान कम्पनीले सन् २०२३ मा ४।३५ अर्ब यात्रुलाई उडान सेवा दिने प्रक्षेपण अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घ (आईएटीए) ले गरेको छ ।

यो सेवा सङ्ख्या सन् २०१९ को रेकर्डको नजिक पुगेको छ । कोभिड महामारीबाट विश्व समुदाय विस्तारै सामान्य अवस्थामा फर्किएको र यसको लाभ विश्वभरीका उडान सेवाले लिने आईएटीएले सोमबार बताएको हो ।

आईएटीएका अनुसार सन् २०२३ मा खूद मुनाफा ९.८ अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ, वा अघिल्लो अनुमानको दोब्बर हुनेछ । विश्व समुदायसँगै कोभिडबाट बढी प्रभावित मुलुकमध्येको एक राष्ट्र चीनले पनि कोभिड प्रतिबन्धको अन्त्य गरेपछि खूद मुनाफा अनुमानभन्दा बढी अर्थात् दोब्बर पुग्ने प्रक्षेपण गरिएको हो ।

सङ्गठनका अनुसार सन् २०२२ मा ३।६ अर्ब अमेरिकी डलर बराबरको नोक्सानी अनुमान गरिएकोभन्दा आधा कम नोक्सान भएको थियो ।
“सन् २०२३ मा एयरलाइन्सको वित्तीय प्रदर्शनले अपेक्षालाई पराजित गरिरहेको छ,” आईएटीएका महानिर्देशक विली वाल्शले इस्तानबुलमा सङ्गठनको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै भने ।

“बलियो लाभप्रदता धेरै सकारात्मक विकासहरूद्वारा समर्थित छ । चीनले अनुमान गरेभन्दा पहिले यस वर्षको सुरुमा कोभिड–१९ प्रतिबन्ध हटाएको थियो,’ वाल्शले भने ।

हवाई इन्धनको मूल्य उच्च रहे पनि वर्षको पहिलो छ महिनामा भने यो मूल्यमा कमी आएको उनले बताए ।

फेब्रुअरी २०२२ मा रूसले युक्रेनमाथि गरेको आक्रमणका कारण ऊर्जाको लागत बढेको थियो तर त्यसयता तेल र प्राकृतिक ग्यासको मूल्यमा गिरावट आएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  ६ : ४९ बजे