मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रूसी रेडियो स्टेशनहरू ह्याक, राष्ट्रपति पुटिनको नक्कली सन्देश बज्यो



मस्को, २२ जेठ, (रासस/एएफपी) रुसका थुप्रै रेडियो स्टेशनहरू ह्याक गरिएका छन् । रेडियोहरू ह्याक भएसँगै युक्रेनसँग सीमा जोडिएका क्षेत्रहरूमा राष्ट्रपति भ्लादिमिर पुटिनको नक्कली भाषण बजाइएको छ ।

ह्याकिङ दक्षिणपश्चिमी बेल्गोरोड क्षेत्रमा गरिएको घुसपैठ प्रयास र तीव्र गोलाबारीको बीचमा भएको छ । कीभले यस्ता गतिविधिहरूले लामो(अपेक्षित प्रतिआक्रामक तयारी गरिरहेको बुझिएको जनाएको छ ।

नक्कली सन्देश अझै पनि विभिन्न सामाजिक सञ्जालमा प्रसारित भईरहेको छ ।रुसी राष्ट्रपति पुटिनको आवाजसँग मिल्दोजुल्दो उक्त आवाजले ती क्षेत्रहरूमा मार्शल ल, सामान्य परिचालन र नागरिकहरूलाई खाली गर्ने घोषणा गरेको छ ।

यो वास्तवमै ह्याक थियो, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई सरकारी एजेन्सी आरआईए नोवोस्तीले भन्नु भएको छ । बेल्गोरोड क्षेत्रीय प्रशासनिक केन्द्रले सन्देश ूनक्कलीू भएको बताएको छ जसको उद्देश्य शान्तिपूर्ण बेलगोरोडका बासिन्दाहरूमा त्रास छ केन्द्रित रहेको बुझिएको छ ।एमआरआइ रेडियो स्टेशनले ह्याकिंगलाई पूर्ण नक्कली र उत्तेजकू भनेको छ जुन करिब ४० मिनेटसम्म प्रसारित भएको थियो ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  ९ : ३५ बजे